बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुले सोमबार गाउँपलिकामा आयोजित समारोहमा सपथ ग्रहण गरेका हुन्।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष मनोज प्रसाईं सोमबार बिहान जिल्ला निर्वाचन कार्यलयमा पुगि सपथ ग्रहण गरेका थिए।
मध्याह्नमा प्रसाईंले नै उपाध्यक्ष लगयात अरु निर्वाचित प्रतिनिधिहरुलाई सपथ ग्रहण गराएका थिए।
जनप्रतिनिधिहरुले ‘इश्वर र जनतालाई साक्षि राखी प्रचलित कानुन बमोजिम’ भनि कसम खाएका छन्।
बुद्धशान्तिमा अहिले अध्यक्ष १ उपाध्यक्ष १ र ७ वडाका वडाध्यक्ष र वडा सदस्य गरी ३७ जना नवनिर्वाचित प्रतिनिधि छन्।
समारोहमा निर्वाचन अधिकृत डमरु निरौला,सहायक निर्वाचन अधिकृत युवराज कट्टेल, राजनीतिक दलका प्रतिनिधि संचारकर्मि लगायतको उपस्थिति थियो।