बुद्धशान्तिमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा –बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकस्थित मेची राजमार्गमा पिकअपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे उत्तरतर्फ जाँदै गरेको मे १ च ६४१३ नम्बरको पिकअपले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुष घाइते भएका थिए।

EPIC

उनको बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

प्रहरीले गाडी चालक मेचीनगर नगरपालिका-३ बाहुनडाँगीका ५४ वर्षीय चुनचुन सन्तोष राई र गाडीलाई नियन्त्रण लिएको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar