Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा भागरथी घटनाको विरुद्धमा नेविसंघद्वारा प्रदर्शन

  • १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा दोषीलाई कारबाहीको माग गर्दै झापाको बुद्धशान्तिमा प्रर्दशन।
  • बुधबारे पुलचोकबाट सुरु भएको सो ¥याली बुधबारे चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
  • नेपाल विद्यार्थी संघ (नेविसंघ) बुद्धशान्ति झापाको आयोजनामा प्रर्दशनमा महिला हिंसाको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
हत्या गरिएकी बैतडीको दोगडकादार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी –

बुद्धशान्ति, झापा । बैतडीको दोगडकादार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा दोषीलाई कारबाहीको माग गर्दै झापाको बुद्धशान्तिमा प्रर्दशन भएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) बुद्धशान्ति झापाको आयोजनामा प्रर्दशनमा महिला हिंसाको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरेको हो । शान्तिपूर्ण प्रर्दशनमा युवा विद्यार्थीले हत्यारालाई तत्काल पक्राउ गर’, ’दोषीलदाई कारवाही गर’, ’बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लगाएका थिए । बुधबारे पुलचोकबाट सुरु भएको सो ¥याली बुधबारे चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) बुद्धशान्तिको कार्यबाहक सभापति उमेश भट्टराईको सभापतित्व तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी पूर्वप्रमुख सचेतक सरिता प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोकुल पौडेलले स्वागत मन्तव्यसंगै कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिएभने सञ्चालन सह सचिव रामजंग क्षेत्रीले गरेका थिए ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, जिल्ला सदस्य लीला ढकाल, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, चक्र सेर्मा, मदन प्रसाईं, सञ्जय निरौला, लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *