बुधबारे । महानन्द शिक्षा सदन बुद्धशान्तिमा शनिबार रचना रिमालले सांगितिक प्रस्तुती दिएकी छिन् । महानन्द शिक्षा सदनको ३० औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनी लगायत विद्यालयका अन्य विभिन्न विद्यार्थीहरुको सांगितिक तथा सांस्कृतिक प्रस्तुती रहेको थियो ।
विद्यालयका नयाँ संचालक समितिका अध्यक्ष झरेन्द्र श्रेष्ठको सभापतित्व, प्याब्सन झापा जिल्ला अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यता, प्याब्सन झापा जिल्ला वरिष्ठ उपाध्यक्ष छत्र कार्की, सीतारमेश क्याम्पस प्रमुख केशव ढुंगेल, बुद्धशान्ति प्याब्सन अध्यक्ष गंगा निरौला लगायतको विशिष्ट आतिथ्यता, विद्यालयका संस्थापक महेन्द्र संग्रैला, विभिन्न विद्यालयका शिक्षासेवी, समाजसेवी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका कोअर्डिनेटर उदयप्रकाश श्रेष्ठले उपस्थित सम्पूणर्लाई स्वागत गरेका थिए ।
विद्यालयको आफ्नै प्रांगणमा भएको कार्यक्रममा विद्यालयका भावि योजना र प्रतिबद्धता बारे विद्यालयका प्रिन्सिपल भिम श्रेष्ठले आफ्नो धारणा प्रष्ट पारेका थिए भने नन्दकुमार तिम्सिना र शिक्षिका आशाले लिम्बुले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।