बुद्धशान्तिमा ‘राजा आउ, देश बचाउ’ भन्ने नारा घन्कियो

बुद्धशान्ति (झापा) । पछिल्लो राजनीति घटनाबाट असन्तुष्ट युवाहरुले शुक्रबार झापाको बुद्धशान्तिमा ‘राजतन्त्र जिन्दावाद’ को नारा लगाउँदै सडक घन्काएका छन्। अब राष्ट्र र राष्ट्रियता जोगाउन देशमा राजसंस्था आवश्यक रहेको भन्दै युवाहरु सडकमा उत्रिएका छन् । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै युवाहरु सडकमा उत्रिएका थिए।

EPIC

वीर गोर्खाली बुद्धशान्तिको आयोजनामा भएको र्यालीमा ‘राजा लेराऔं देश बचाऔं’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, ‘गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए। र्यालीमा सहभागी सवारी साधनमा नेपालको राष्ट्रिय झण्डा, पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वीर समेत टाँसेका थिए।

र्यालीलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि प्रमुख वक्ता युवा सन्त श्रीनिवासाचार्यले नेपालमा जसरी पनि राजसंस्था ब्युँत्याएरै छाड्ने बताए। उनले आफूहरुको यो अभियानमा देशभरका नागरिकले स्तवःस्फूर्त रुपमा साथ दिएकाले राजसंस्था पुनर्वहाली भएरै छाड्ने विश्वास व्यक्त गरे।

नेपाली जनता जागौँ, राजतन्त्र ल्याऔँ, देश र धर्मको रक्षा गरौँ भन्ने नाराका साथ अघि बढ्ने जानकारी गराउँदै आगामी दिनमा राजसंस्था पुन स्थापना गराउन थप यस्ता कार्यक्रमहरु गरिने कार्यक्रम संयोजक उमेश पाठकले जानकारी दिए ।

EPIC EPIC EPIC

बुधबारेका युवा वक्ता गणेश प्रसाद खरेलले अब राजाको अभिभावकत्वमा युवाले नेतृत्व समाल्नुपर्ने अवस्था आएको बताए ।
वर्तमान अवस्थामा नेतृत्वमा रहेका सबै नेताहरु भ्रष्ट तथा विदेशाीको इसारामा चल्ने आरोप लगाउँदै समस्त देशको विकास विस्तार र प्रर्वद्धनका लागि राजसंस्था चाहिनेमा उनले जोड दिए । र्यालीमा युवा, वृद्धवृद्धा , बालबालिका आए तर पितापुस्ता नआएको प्रती आपत्ति जनाएका थिए ।

EPIC

र्याली बुधबारेको प्रणामी मन्दिरबाट सुरु भई बजार परिक्रमा गरेर बुधबारे चोकमा कोण सभामा परिणत भएको थियो ।समर्थकहरुले विगतका केही दिनदेखि देशका विभिन्न ठाउँहरुमा राजा र राजतन्त्रको समर्थनमा र्याली जुलुस निकालिंदै आइएको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar