बुद्धशान्तिमा सहयोगी हात नामक सामाजिक संंस्था गठन

 

बुधबारे । सामाजिक सेवा गर्ने उद्देश्यले बुद्धशान्ति ३ का युवा समूहले एक संस्थाको स्थापना गरेका छन् ।

सय वढी युवाको समूहले सहयोगी हात नामक सामाजिक संस्था गठन गरेका छन् । निस्वार्थ समाजीक सेवा र समग्र वडा न ३ को बिकासलार्इ टेवा पुर्याउने मुल उद्देश्यले खोलिएको संस्थाको अध्यक्षमा कृष्ण श्रेष्ठ , बरिष्ट उपाध्यक्षमा चन्द्र कट्टवाल , उपाध्यक्षमा छत्र बहादुर बिष्ट र उपाध्यक्षमा राम प्रसाद घिमिरे चयन भएका छन् ।

EPIC EPIC EPIC

त्यस्तै अर्थ सचिबमा राजन अधिकारी, सगठन सचिबमा पदम कार्की, अर्थ सह सचिबमा मदन भटरार्इ र सङठन सह सचिबमा रमेश आचार्य साथै कोषाध्यक्षमा झरेन्द्र श्रेष्ठ र क्षेत्रगत हिसाबले २४ जना सदस्य सहित गठन भएको छ ।

स्थानीय स्तरमा बिकासका पुर्वाधार साथै बुद्वशान्ति ३ को दिगो बिकासमा हातेमालो गर्दै बर्खाको बेलामा भेलबाडिले गर्न सक्ने क्षतिलार्इ न्यूनीकरण गर्न बिपत ब्यबस्थापन टोलि पनि गठन गर्ने तयारी रहेको संस्थाका उपाध्यक्ष राम प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *