बुद्धशान्ति (पालिका सन्देश )- झापाको बुद्धशान्ति गाउँपालिकामा माघ १६ गतेदेखि १९ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा लगाइने भएको छ ।
खोप अभियान बुद्धशान्तिका विभिन्न बिद्यालयहरूमा सञ्चालन हुने गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् ।
माघ १६, १७, १८ र १९ गते आ– आफ्नो बिद्यालय वा नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने स्वास्थ शाखा प्रमुख भोला अधिकारीले बताएका छन् । १२ बर्ष उमेर पुरा भई १७ बर्ष सम्मका विद्यार्थीहरुले उक्त खोप लगाउन पाउने बताइएको छ ।
खोप लगाउन आउँदा परिचयपत्र खुल्ने कागजात साथमा लिएर आउनु पर्ने, भौतिक दूरि, स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने र माक्स अनिवार्य रूपले लगाउनु पर्नेछ ।
सूचना सहित
