Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा ४१ हजार बढीलाई हात्तीपाइलेको औषधि खुवाइँदै

तीर्थ तिम्सिना,

बुद्धशान्ति(झापा) । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिकाले ४१ हजार बढीलाई हात्तीपाइलेको औषधि खुवाउने भएको छ ।

आउँदो २९ गते शनिबार देखि हात्तीपाइले रोगबिरुद्धको औषधि र जुकाको औषधि एकसाथ खुवाइँदैछ । बुद्धशान्ति गाउँपालिकाका पदाधिकारी, महिला स्वयंम्सेविका, स्वास्थ्यकर्मी र सातवटै वडाका जनप्रतिनिधिसहितको टोलीलाई हात्तीपाइले रोगका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर तयारी गर्दे गरेको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले बताएका छन् ।

यस अभियानमा बुद्धशान्तिको जम्मा जनसंख्या ४७ हजार ७ सय ५३ जना रहेको मध्ये ४१ हजार ८ सय ८२ जनालाई हात्तीपाइले विरुद्धको औषधि र जुकाको औषधि खुवाईनेछ । जस अन्र्तगत दुई बर्ष देखि ५ बर्ष सम्मका बालबलिका २ हजार ३ सय ३९, ६ बर्ष देखि १४ बर्षसम्मका १० हजार, र १४ बर्ष उमेर समूहदेखि माथिको जनसंख्या २९ हजार ५ सय ४३ जना रहेका छन् ।

अघिल्लो बर्ष बुद्धशान्ति गाउँपालिकामा ४१ हजार ६ सय १० जनाले हत्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेका थिए ।

यता दुई बर्ष भन्दा मुनीका १ हजार ७ सय ३५, सत्तरी बर्ष भन्दा माथिका तथा सिकिस्त बिरामी २ हजार ९ सय र अनुमानित गर्भवती संख्या १ हजार दुई सय ३६ गरी जम्मा ५ हजार ८ सय ७१ जना उक्त औषधि खानबाट बञ्चित भएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताएका छन् ।

यसका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले औषधि खुवाउन ३० जना स्वास्थ्यकर्मी, र २६ जना स्वास्थ्य स्वयम्सेविका खटाउने जनाएको छ । फागुन २९ गते पहिलो दिन केन्द्रमा खुवाउने र ३० गते कार्यविभाजन अनुसार टोलटोलमा घरदैलो कार्यक्रम गरी खुवाउने, र अरु बाँकी दिन कहीँ कतै छुटेको रहेमा प्रत्येक वडामा रहेको स्वाथ्य इकाईमा गएर समेत खान सकिने बताइएको छ । बुद्धशान्ति गाउँपालिका पनि हात्तीपाइले रोगको सम्भावित क्षेत्र रहेको क्षेत्र हो । फाइलेरिया नामक परजिवी क्यूलेक्स पोथि लामखुट्टेले टोकेर सर्ने भएकाले अहिले सरेको किटाणुले २० बर्ष पछि असर देखाउने हुँदा समयमै सचेत रहन आग्रह समेत गरिएको छ । अघिल्लो बर्ष बुद्धशान्ति गाउँपालिकामा ४१ हजार ६ सय १० जनाले हत्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेका थिए ।

औषधी खाएपछि यस्तो लक्षण देखिन सक्छ
औषधि खाएकामध्ये कसैलाई शरीरमा हात्तीपाइलेको परजिवी भएमा टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाक आउने, वान्ता हुने, पेट दुख्नेजस्ता सामान्य असर हुन सक्ने चिकित्सकको भनाइ छ । ती असरहरु केही दिनपछि आफैँ ठीक हुनेछन् । हात्तीपाइलेको जिवाणु दिउँसो फोक्सोमा र रातिको समय रगतमा देखा पर्ने चिकित्सक बताउँछन् ।

कसले खानु हुँदैन ?
हात्तीपाईले रोग औषधी ५ वर्षसम्म लगातार खाएमा यो रोग नलाग्ने चिकित्सकहरु बताउँछन् । यस रोगको औषधी गर्भवति महिला, सिकिस्त विरामी, मुटु रोगी, क्यान्सरका विरामी, मृगौला रोगी, छारेरोग भएका, दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिकालाई खुवाउनु नहुने बताइएको छ ।

यस्ता छन् लक्षणहरु
स्वास्थ्य शाखा प्रमुख अधिकारीका अनुसार,–ज्वरो आउनु र शरीरमा कम्पन हुनु, रक्तनली सुनिनु, पुरुषका अण्डकोष वरपर नसा फुल्नु, महिलामा यौनाङ्ग अथवा स्तन सुनिनु, पिसाब सेतो हुनु आदि सो रोगको लक्षण हो । तर पनि मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यसबाट बच्ने एक मात्रै विकल्प भनेको सुरुको अवस्थाबाटै औषधि सेवन गर्नपर्र्नेे उनको भनाई रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *