Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति उद्योग बाणिज्यसंघको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

तीर्थ तिम्सिना,बुद्धशान्ति – बुद्धशान्ति उद्योग बाणिज्यसंघ बुद्धशान्ति झापाले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गराएको छ ।

शनिबार संस्थाको आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गराएको हो।

उद्योग बाणिज्यसंघ बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाईंको सभापतित्व तथा उद्योग बाणिज्यसंघका संस्थापक अध्यक्ष बेणुप्रसाद सङ्ग्रौलाको प्रमुख आतिथ्य तथा पुर्व अध्यक्ष गोविन्दप्रसाद पौडेलको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक केशव दाहालले नवनिर्वाचित अध्यक्ष चन्द्र उप्रेती सहित १३ सदस्यीय पदाधिकारीहरुलाई सपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

सपथ ग्रहण पश्चात पधाधिकारिलाई अध्यक्ष चापागाईं, प्रमुख अतिथि सङ्ग्रौला,बिशिष्ट आतिथि पौडेल, निर्वाचन संयोजक दाहाल लगायतले प्रमाणपत्र सहित खदाले कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरेका थिए । साथै कार्यक्रममा पुर्व अध्यक्ष, प्रमुख अतिथी,बिशिष्ट अतिथी, निर्वाचन संयोजक लगायतलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सङ्ग्रौलाले सम्पूर्ण निर्वाचित पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै उद्योगी व्यवसायीको हितमा काम गरेर नमूना कार्यसमितिको रुपमा चिनाउन सफल बन्न शुभकामना दिएका थिए ।

यता बिशिष्ट अतिथि पौडेलले कोरोना कहरका बिच व्यवसायीका हितका लागि थप जिम्मेवार भएर कार्यगर्नुपर्ने बताउँदै नवनिर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै अध्यक्ष चापागाईंले चुनावी मैदानमा हार जित जे भएता पनि अब आउँदो दिनमा व्यवसायी उद्योगीका लागि गरिने जुनसुकै कार्यमा पनि संगै हातेमालो गरेर अघि बढनुपर्ने बताए । उनले नवनिर्वाचित टिम युवा भएकाले जोसजाँगरले कार्य गर्न प्रेरित गर्दै शुभकामना समेत दिएका थिए ।

सपथ ग्रहण पस्चात नवनिर्वाचित अध्यक्ष चन्द्र उप्रेतीले विश्वास गरेर भोट दिनुहुने सम्पूर्ण व्यवसायी मतदातालाई धन्यवाद दिएका थिए । उनले जुन विश्वासले जिताउन सहयोग गर्नुभयो त्यो विश्वासलाई कहिल्यै गुम्न नदिने समेत बताए । उनले आफ्नो कार्यकाल उद्योग, व्यवसायीकै हितमा कार्य गरेर बित्ने समेत बताए । उनले उद्योग बाणिज्यसंघको संस्थागत हित र उद्योगी व्यवसायीको स्तर बढाउन स्थानीय निकाय, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था लगायतसंग हातेमालो गर्दै अघि बढ्ने समेत बताए ।

निर्वाचन समितिकि सदस्य मेनुका खड्का तिवारीले स्वागत गरेको कार्यक्रमको सन्चालन निर्वाचन समिति सदस्य घनश्याम सापकोटाले गरेका थिए ।

कोरोना कहरको विषम परिस्थितिमा सामाजिक तथा भौतिक दुरि कायम गर्दै सतर्कता सहित कम उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *