Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति उद्योग बाणिज्यसंघको निर्वाचन कार्यक्रम स्थगित

पालिका सन्देश । बुद्धशान्ति उद्योग बाणिज्यसंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

आज मनोनयन दर्ताको दिन नेकपा एमाले र माओवादी केन्द्र बुद्धशान्ति दुबै दलको निर्वाचन कार्यक्रम हालका लागि स्थगन गरिदिनु भन्ने हस्ताक्षर सहित निवेदन आएका कारण निर्वाचन कार्यक्रमलाई स्थगन गरिएको निर्वाचन समितिका संयोजक डिल्लीराम तिम्सिनाले हस्ताक्षर गरेको सूचना जारी गरेर स्थगन भएको जनाएका छन् ।

बुद्धशान्ति उद्योग बाणिज्यसंघ व्यवसायीका हकहितका लागि काम गर्ने संस्था भनिएता पनि व्यवसायीका हितका लागि केही पनि काम गर्न नसकेको स्थानीय व्यवसायीहरु बताउँछन् । निर्वाचन जेठ १३ गतेलाई तोकिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *