Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति उद्योग बाणिज्यसंघको चुनाव : व्यवसायीको पसल-पसलमा भोट माग्दै उम्मेद्वार

बुद्धशान्ति (पालिका सन्देश) । बुद्धशान्ति उद्योग बाणिज्यसंघको चुनाव जेठ २८ गते सोमबार हुँदैछ । आसन्न चुनाव नजिकिएसंगै चुनावी माहोल पनि तातिएको छ । यसैक्रममा बाणिज्यसंघको अन्य पदमा सर्वसम्म्त रुपमा चयन भएता पनि ४ जना सदस्यको लागि पाँच जनाको उम्मेद्वारी परेसंगै चुनावी माहोल तातेको हो । एक स्वतन्त्र संगै ४ जनाको सदस्यतामा भिडन्त हुने भएको हो ।

खुल्ला सदस्यमा उम्म्ेद्वारी दिएका चन्द्र कटुवाल, रामलाल कोईराला, मदन कुमार भट्टराई र श्रीलाल चौधरी यतिवेला आफ्ना मतदातालाई भोट माग्न व्यस्त छन् । उनीहरु किराना पसल, हार्डवेयर, कृषि सामग्री पसल र सुनचाँदी पसलको साझा उम्मेद्वार रहेको बताउँछन् ।

भिन्न चार बिधाबाट हामी चुनावी मैदानमा होमीएका हौँ, प्रत्यक्ष व्यवसायमा संलग्न रहेका कारण जित सुनिश्चित भएको उम्मेद्वार चन्द्र कटुवालले बताएका छन् । आँफू बस्तुगत व्यवसायीको हकहितका लागी चुनावी मैदानमा जितका लागि उत्रिएको उनले बताए । उनले आफ्नो साझा टिमलाई नै अत्याधिक मत दिएर जिताउन मतदातासमक्ष अपिल समेत गरेका छन् ।

स्वतन्त्र उम्मेद्वारका रुपमा रहेका मनोरथ तिवारीले पनि आफ्नो जितका लागी व्यवसायी मतदाता संग भेट्दै आएका छन् ।

४ सय ८४ जना मतदाता रहेको बाणिज्यसंघको चुनाव भोली मिति २०८१ जेठ २८ गते हुँदैछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *