बुद्धशान्ति उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि धमाधम मतदान हुँदै

तीर्थ तिम्सिना, बुद्धशान्ति। बुद्धशान्ति उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि धमाधम मतदान भईरहेको छ । उद्योग बाणिज्यसंघको आफ्नै भवनमा मतदान भईरहेको छ ।

EPIC

निर्वाचनमा दुईवटा प्यानल -लोकतान्त्रिक प्यानल र संयुक्त समावेशी टिम चुनावी मैदानमा छन् । अध्यक्ष पदमा चन्द्रप्रसाद उप्रेती र डिल्ली श्रेष्ठ चुनावी मैदानमा छन् । लोकतान्त्रिक प्यानलबाट उप्रेती र संयुक्त समावेशी टिमबाट श्रेष्ठको उम्मेद्वारी परेको हो ।

EPIC EPIC EPIC

त्यस्तै वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिकका नविन विमली र संयुक्त समावेशी टिमका करण शेर्पा बीच प्रतिष्पर्धा हुँदैछ । त्यस्तै महासचिवमा लोकतान्त्रिकका लक्ष्मीप्रसाद उप्रेती र संयुक्त समावेशी टिमका देवकुमारी शेर्मा बीच प्रतिष्पर्धा हुँदैछ ।

वाणिज्य सचिवमा लोकतान्त्रिकका उमाराज ढकाल र संयुक्त समावेशी टिमका रघु अधिकारी बीच प्रतिष्पर्धा हुँदैछ । त्यस्तै कोषाध्यक्ष पदमा लोकतान्त्रिकका हरिप्रसाद पौड्याल र संयुक्त समावेशी टिमका चन्द्रप्रकाश कोइराला बीच प्रतिष्पर्धा हुँदैछ । संयुक्त समावेशी टिमले मेजर पदमा एक जना महिलालाई उम्मेदवारका रुपमा उठाएको छ ।

सदस्य पदमा लोकतान्त्रिकका नविन चापागाई, सन्तोष तामाङ, हेमन्त वराल र प्रकाश बाँस्तोलाको उम्मेदवारी छ भने संयुक्त समावेशी टिमका काजी लिलेन्द्र श्रेष्ठ र सरोज घिमिरेको उम्मेदवारी परेको छ । महिला सदस्यमा लोकतान्त्रिकले ज्ञानु थापा र धनकला अधिकारी, संयुक्त समावेशीले शुष्मा राजवंशी चौधरीलाई उम्मेदवार बनाएको छ ।

५ सय ८२ मतदाता रहेको निर्वाचनमा ११ पद चुन्नका लागिका निर्वाचन भएको हो । १३ सदस्यीय कार्यसममितिमा २ जना निर्विरोध भएका छन् । लोकतान्त्रिक प्यानलका दीपक सापकोटा र दुर्गाप्रसाद कुईँकेल क्रमश उद्योग उपाध्यक्ष र उद्योग सचिवमा निर्विरोध भईसकेका छन् ।

अपरान्ह ४ बजेसम्म निर्वाचनको समय रहेको निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिएका छन् । मत गणना साँझ ६ बजेदेखि गर्ने गरीको तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिको सदस्यमा घनश्याम सापकोटा र मेनुका तिवारी रहेका छन् । यो समाचार तयार पारुन्जेल सम्म २ सय बढीले मतदान गरिसकेको जनाईएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *