Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिकाको सबै सेवा बन्द

बुद्धशान्ति– झापाको बुद्धशान्ति गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । समुदाय तहमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिकाले दैनिक उपलब्ध हुँदै आएका सेवा बन्द गरेको हो ।

अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताए । बुद्धशान्ति अस्पताल, वडा कार्यालयहरु र सामुदायिक स्वास्थ्य इकाईहरुमा कार्यरत कर्मचारीहरु र गाउँपालिकाका जनप्रतिधिहरुको स्वाब परीक्षण गरिएको छ ।

परीक्षणको रिपोर्ट नआएसम्मका लागि कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक वाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रशासकीय अधिकृत चापागाईले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *