Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिकाले वडास्तरीय फुटवल र भलिबल प्रतियोगिता गर्ने

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा वडा स्तरीय फुटबल र भलिवल प्रतियोगिताको तयारी गरिएको छ ।

आगामी चैत ३ गतेबाट प्रथम उपाध्यक्ष कप वडास्तरीय नकआउट भलिवल प्रतियोगिता हुदैंछ । गाउँपालिकाको ७ वटै वडामा अहिले खेलाडी छनौट गरी भलिबल टोली तयारी अवस्थामा रहेको आइतवार गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

७ वटा वडाका ७ वटा टोली र खेल ब्यवस्थापन गर्ने ४ नम्वर वडाको थप एक टिम सहित ८ वटा टोलीले प्रतियोगितामा भाग लिने बुद्धशान्ति खेलकुद बिकास समितिका संयोजक शम्भू प्रसाद पौड्यालले जानकारी दिए । भलिबल खेल बुद्धशान्ति–४ स्थित वर्ने चिया वगानको वर्कसव खेल मैदानमा हुनेछ ।

स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी अन्तर पालिका÷नगरपालिकामा आयोजना हुने भलिबल प्रयोगितामा सहभागी गराउने उद्धेश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । यस अघि गाउँपालिकाले खेलकुदका धेरै विद्धामा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेपनि कोरोना भाइरसका कारण प्रतियोगिता प्रभावित भएको आयोजक समितिका सचिव कमलप्रसाद निरौलाले जानकारी दिए ।

भलिबल खेलको तयारी पुरा भएको आयोजकले जनाएको छ । चैत्र–३ गते भलिवल खेलको भब्य उद्घाटन हुनेछ ।
पत्रकार सम्मेनमा आयोजक समितिका १३ जना समिति सहित वडा खेलकुद संयोजकहरुको उपस्थिति थियो । उनीहरुले वडामा भलिवल र फुटवलको खेलाडी छनौट सकिएको बताए ।

भलिवल खेलको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद रु १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको बेष्ट डिफेन्टर, स्पाइकर र अनुशासित टिमले आकर्षक पुरस्कार पाउनेछन् । चैत ३ गतेबाट शुरु भएको भलिबल खेल चैत ७ गते फाइनल हुनेछ ।

त्यस्तै, चैत १२ गतेबाट प्रथम अध्यक्ष कप वडा स्तरीय नकआउट फुटवल प्रतियोगिता २०७७ आयोजना हुदैंछ । यस बर्ष गा.पा.ले २ विद्धामा खेल आयोजना गर्ने भएको हो । त्रिभुवन माविको खेल मैदानमा हुने खेलमा ७ वटा वडाको एक÷एक टोली र खेल ब्यवस्थापन गर्ने १ नम्वर वडाको थप एक टोली सहित ८ वटा टोलीको सहभागिता रहनेछ । खेलको तयारी ७५ प्रतिशत सकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेटा टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद रु १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पाँच विद्धाका उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कार वितरण गरिने जनाइएको छ । बुद्धशान्ति गाउँपालिकाले यस बर्ष खेलकुदका लागि १५ लाख रुपैयाँ छुट्टाएको छ । भलिवल र फुटवल खेल सम्पन्न गर्न करीव रु ६ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । वाँकी रकम अन्य खेलका लागि खेलकुदका सामाग्री खरिद र छिमेकी पालिकामा आयोजना हुने खेलमा खर्च गरिने बताइएको छ ।

फुटवल खेलको फाइनल चैत्र २१ गते हुनेछ । फाइनल खेलमा बुद्धशान्ति प्रेस क्लव र आयोजक टिमवीच मैत्रिपूर्ण खेल हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *