तीर्थ तिम्सिना, बुद्धशान्ति – बुद्धशान्ति गाउँपालिका थप एकसाता सिल गरिएको छ । मंगलबार बसेको गाउँकार्यपालिकाको बैठकले थप एकसाता सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनुभयो ।
समुदायस्तरमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै एकसाता अघिदेखि गाउँपालिका सिल गरिएको थियो । थप निर्णय गर्दै आज ७ दिनका लागि सिल थप गरिएको हो ।
पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि मंगलबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एकहप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भुजेलले बताउनुभयो ।
कोरोना संक्रमण भयावह बन्दै गइरहेकाले गाउँपालिका बासीलाई सुरक्षीत राख्न बाध्य भएर सिल गरिएको बताउँदैै अध्यक्ष भुजेलले सबैलाई अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । हेर्नुहोस् निर्णय :