बुधबारे ।झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका मनोज प्रसाई विजयी हुनु भएको छ । प्रसाईले ३१०१ मतान्तरले नेकपा एमालेका मिरा भुर्तेललाई पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । प्रसाईले ११४०३ मत प्राप्त गर्दा भुर्तेलले ८३०२ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका भवानी प्रसाद खतिवडा निर्वाचित हुनु भएको छ । खतिवडाले माओवादी केन्द्रका खड्गप्रसाद तिम्सिनालाई २८५८ मतान्तरले पराजित गर्दै गाउँपालिका उपाध्यक्षमा विजयी हुनु भएको हो । खतिवडाले ८०७४ मत ल्याउँदा तिम्सिनाले ५२१६ मत ल्याउनु भएको थियो ।
७ वटा वडाहरु रहेको बुद्धशान्तिमा वडा नंं २, ४, ५ र ६ नेपाली काँग्रेसले जितेको छ भने वडा नं. १, ३ र ७ एमालेले जितेको छ । यस अघि पनि बुद्धशान्तिमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष एमालेले नै जितेको थियो ।