बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले बढ्दो कोभिड १९ को फैलिदो संक्रमणलाई प्रभावकारी ढंगले रोकथाम तथा नियन्त्रणका लागि तिहारमा खेल्ने सामूहिक देउसी–भैलो तथा छठ पर्वलाई घरमै बसेर मनाउन आग्रह गरेको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै यस्तो अपिल गरेको हो । यदि अपिललाई अवज्ञा गरेको पाइएमा रोग ऎन २०२० अनुसार कार्वाही गरिने समेत गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत ईन्द्रप्रसाद चापागाईंले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।