Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिका अध्यक्ष- उपाध्यक्षको गाडी एम्बुलेन्स बनाएर सञ्चालन गरिने

तीर्थ तिम्सिना, बुद्धशान्ति(झापा)- बुद्धशान्ति गाउँपालिकाले कोभिड सङ्क्रमित बिरामी बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याइने भएको छ ।

गाउँपालिकामा पछिल्लो समय सङ्क्रमित बढ्दै जान थालेपछि अध्यक्ष र उपाध्यक्ष आफूले प्रयोग गर्ने सवारी बिरामीको प्रयोजनका लागि दिइने निर्णय गरिएको हो ।

गाउँपालिकाले बुद्धशान्तिका विभिन्न संघसंस्थासंग समन्वय गरि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । यधपी ती एम्बुलेन्स पर्याप्त नभएको खण्डमा आफू चढ्दै आएको गाडीलाई बिरामीको सेवामा प्रयोग गर्न सकिने गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।

अध्यक्ष भुजेलले प्रयोग गर्ने प्र १-०१-००१झ २२२२ को स्कर्पियो र उपाध्यक्ष मिरा भुर्तेलले प्रयोग गर्ने मे १ झ १४४ नम्बरको स्कर्पियो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिने उपाध्यक्ष मिरा भुर्तेलले बताएकी छिन् ।

गाउँपालिकाले महिला सामुदायिक अस्पताल भवनमा २५ सैयाको आइसोलेसन बेड समेत तयारी अवस्थामा राखेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *