Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिमा अक्सिजन सहितको आइसोलेसन सेन्टर, विरामीको निशुल्क उपचार गरिने

अनिल वाग्ले,बुद्धशान्ति झापा । कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भिर स्वास्थ्य संकटको सामना गरिरहेको सन्दर्भमा झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारी सम्पन्न गरेको छ । बुद्धशान्ति गाउँपालिकाले देशभरको विग्रँदो अवस्था देखेरै सतर्कताका लागि सिकेको छ ।

स्वास फेर्न गाह्रो हुने संक्रमितलाई अक्सिजन सहितको हाइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । त्यहाँ उपचार गर्न आउनेलाई कुनै पनि शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।

अक्सिजनको अभावले देशभर हाहाकारको अवस्था सृजना भईरहँदा बुद्धशान्ति गाउँपालिकाले भने कोरोना संक्रमणबाट ग्रसित सर्वसाधारण जस्लाई अक्सिजनको आवश्यकता पर्छ उनीहरुका लागि अक्सिजनको अभाव हुन नदिन १५ बटा अक्सिजन सिलिन्डरको व्यवस्थापन गरि गाउँपालिकामा सुविधायुक्त आइसोलेसन सेन्टर गाउँपालिकाले सञ्चालन गरेको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो । भुजेलले विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर जुटाइएको बताउनु भयो ।

बुद्धशान्ति गाउँपालिकामा कोरोना संक्रमितको संख्या सय नाघिसकेको अवस्थामा सर्वसाधारणमा आउनसक्ने संकटलाई ध्यानमा राखेर पालिकाले महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधिन भवनमा आइसोलेसन सेन्टर हालै सञ्चालनमा ल्याएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलले बताउनु भयो ।
आइसोलेसन सेन्टरमा हालसम्म कोहि विरामीलाई ल्याउनुपर्ने अवस्था नभएपनि पूर्ण तयारी अवस्थामा गाउँपालिका रहेको गाउँपालिका उपाध्यक्ष भूर्तेलले पनि बताउनु भएको छ । विरामीको उपचार गर्न सकेको अवस्थासम्म स्वास्थ्यकर्मीले यही आइसोलेसन सेन्टरमा गर्ने र विरामीको अवस्था थप जटिल भए अन्यत्र रेफर गरिने बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिनुभयो ।

आइसोलेसन सेन्टरमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताउनु भएको छ । १५ बेड तयारी अवस्थामा रहेको सन्दर्भमा विरामीको चाप बढे थप बेड सञ्चालन गर्न सक्ने गरीको व्यवस्थापन गाउँपालिकाले बनाएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *