शान्तिनगर । १९ श्रावण । झापाको बुद्धशान्ति ४ मा जारी खुल्ला नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी अमर बस्ती फुटबल क्लबले उचालेको छ ।
बिहिवार बुद्धशान्ति ४ को गणेश मा.बि. को प्राङ्गणमा सम्पन्न उपाधी भिडन्तमा शृजनसिल युवा क्लबलाई टाईबेकरमा ५/४ गोल अन्तरले हराउदै अमरबस्ती फुटबल क्लबले उपाधी उचालेको आयोजक समितिका अध्यक्ष निर्मल पराजुलीले जानकारी दिनुभयो । अध्यक्ष पराजुलिका अनुसार निर्धारित समयसम्म दुबै टिम तर्फबाट गोल हुन नसकेपछी खेलको निर्णय टाईबेकर मार्फत लिएको थियो ।
उपाधी उचाले सङ्गै अमर्बस्ती फुटबल क्लबले १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेतामा सिमित सृजनशिल युवा क्लबले नगद १० हजारमा चित्त बुझाएको छ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट गोल किप्पर श्रीजन बर्देवा, उच्च गोलकर्ता उपबिजेता टिमका सुजित खवास र सर्बोत्कृष्ट खेलाडि अमर बस्तिका निरज कार्की घोषित हुँदै सम्मानित भएको थिए । उनिहरुलाई प्रमुख अतिथी वडाध्यक्ष शेर बहादुर राय र बिशिस्ट अतिथी प्रदेश खेल समितिका सदस्य मनेस दाहालले बितरण गर्नुभएको थियो ।
सृजनशिल युवा क्लबले आयोजना गरेको प्रतियोगिताको प्रथम पुरस्कार समाजसेवी बिकास गुरुङ र दित्तिय पुरस्कार क्लबका संस्थापक अध्यक्ष शुकराज कार्किले प्रदान गर्नुभएको थियो । युवाहरुलाई खेलमा आकरषित गर्नुका साथै खेलाडीको प्रबर्द्धन र बिकास गर्ने उदेश्य राखी प्रतियोगिता संचालन गरेको क्लबका अध्यक्ष पराजुलिले बताउनुभयो ।