Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति बचत तथा ऋण सहकारीको स्थापना दिवसमा रक्तदान

बुद्धशान्ति – पाँचौ स्थापना दिवसको अवसर पारेर बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. बुद्धशान्ति झापाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाईटिको प्राविधक सहयोगमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ८ महिला र ४९ पुरुष गरि जम्मा ५७ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष पुष्प रिजालले बताएका छन् ।

संस्थाका सचिव चन्द्र अधिकारीले रक्तदाताहरुको सहभागितामा सफलतापूर्वक रहेको र यस्तो रक्तदान जस्तो महान कार्यमा सहयोग गर्ने रक्तदाता, नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा, नेपाल रेडक्रस सोसाइटी भद्रपुरका प्राविधिक समुह लगायत सबैमा धन्यवाद ज्ञापन दिएका थिए । कार्यक्रममा रक्तदान गर्ने सम्पूर्णलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *