बुद्धशान्ति राष्ट्रिय युवा संघद्वारा केपी ओली कपको प्रचारप्रसार

झापा । राष्ट्रिय युवा संघ, बुद्धशान्तिले केपी ओली कप २०८१ को प्रचारप्रसार अभियान अन्तर्गत साविक बुधबारे पुलचोक तथा नेपालको तेस्रो लामो झोलुंगे पुलमा ब्यानर राखी प्रचारात्मक गतिविधि सम्पन्न गरेको छ।

संघ गाउँ कमिटी अध्यक्ष बिक्रम थेबेको नेतृत्वमा सम्पन्न कार्यक्रममा युवा संघ केन्द्रीय लेखा समिति सदस्य सुनील भट्टराई, उद्योग विभाग सदस्य पवन खतिवडा, जिल्ला कमिटी सहसचिव सुकराज लिम्बू, नेकपा एमाले जिल्ला समिति सदस्य सृजना शर्मा, गाउँ कमिटी सदस्य माधव अर्याल, खेलकुद महासंघ जिल्ला सदस्य कशिहाङ लिम्बू, रूपेश सुवेदी लगायत अन्य कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

EPIC EPIC EPIC

बुद्धशान्ति वडा नं. ७ का वडाध्यक्ष चन्द्र भण्डारीको विशेष उपस्थितिमा प्रचारप्रसार कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। साथै, फागुन ११ गतेदेखि १९ गतेसम्म आयोजना हुने केपी ओली कप २०८१ को तेस्रो संस्करणको प्रचार अभियान अन्तर्गत झापाको नेपालकै होचो स्थान कचनकवलमा भद्रपुर र कचनकवल बीच मैत्रीपूर्ण फुटबल खेल पनि सम्पन्न भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *