Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति र अर्जुनधाराका महिलाहरुलाई फेसन डिजाइन तालिम

बुद्धशान्ति । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ प्रदेश नम्बर १ को आयोजना महिलाहरुलाई फेसन डिजाईन सम्बन्धि ७ दिने तालिमको उद्घाटन गरिएको छ ।

नेपाल कपडा तथा सिलाई व्यवसायी बुद्धशान्तिको सहयोगमा भएको तालिमको उद्घाटन बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलले गरेकी छिन् । उनले उद्घाटन गर्दे महिलाहरुलाई यस्तो सीपमूलक कार्यमा सहयोग गर्ने संस्थालाई धन्यवाद दिदैं आउँदो दिनमा महिलावर्गका लागि गाउँपालिकाले समेत बिभिन्न कार्यक्रम ल्याउने बताएकी छिन् ।

उनले ७ दिने फेसन डिजाईनमा सिकेको सीपलाई व्यवहारमा उतार्दे व्यवसायी बन्न उपस्थित सम्पूर्ण महिलाहरुलाई आग्रह समेत गरेकी थिईन ।
बुद्धशान्ति गाउँपालिकाका सातै वटा वडाका करिव ३५ जना महिलाहरुको सहभागी रहने तालिममा फेसन डिजाईनमा सीटिईभीटिबाट मान्यता प्राप्त तथा ८ बर्ष अनुभवी नेपालगञ्जबाट आएकी यमूना रोकायले सहजीकरण गर्ने छिन् ।

नेपाल कपडा तथा सिलाई व्यवसायी बुद्धशान्तिकी संयोजक तारा अधिकारीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलको प्रमुख आतिथ्यता, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ प्रदेश नम्बर १ का अध्यक्ष दिलिप सुन्दास लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन भने आसिस बर्देवाले गरेका थिए ।

त्यस्तै उता अर्जुनधारा नगरपालिका वडा नं. ७ मा पनि तालिमको उदघाटन गरिएको हो ।

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानामगरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको तालिममा प्रमुख अतिथि रानामगरले तालीममा सहभागिहरुलाई सफलताको कामना ब्यक्त गरेका थिए ।

उनले शुभकामना दिदै तालिमका लागि मात्र तालिम नभएका कारण यो तालिम पछि दक्ष जनशक्ति उत्पादन हुनेमा आफु विस्वस्थ रहेको बताए । उनले परम्पागत पेशालाई विभेद रहित पेशा बनाउनु पर्नेमा जोड दिँदै पेशाा जातिय पेशा नभएको उल्लेख गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *