बुद्धशान्ति : वडाध्यक्षमा १२ आकाङ्क्षी, भोलि नाम टुंगो लगाउने काङ्ग्रेसको तयारी

बुद्धशान्ति । वडाध्यक्ष पदका लागि एकै वडामा १२ जनाको उम्मेदवारी परेपछि नेपाली काङ्ग्रेस बुद्धशान्ति ५ ले भोलि थप छलफल गर्ने भएको छ।

आसन्न पालिका निर्वाचनकालागी नेपाली काङ्ग्रेसले उम्मेदवारको नामवली वडा र पालिकाबाट छनौट शुरु गरेको छ।
झापा बुद्धशान्तीका ७ वटै वडामा आज भएको छनौट प्रक्रियाबाट कतिपय वडामा अध्यक्षका उम्मेदवारको नाम टुङ्गो लागेको छ भने कतिपयमा भोलि निर्वाचन हुने भएको छ।

EPIC EPIC EPIC

आज सबै वडामा भएको बैठकले प्रत्येक वडाबाट २ पुरुष र १ महिला गरि ३ जनाको नाम सिफारिस गर्ने कार्यक्रम तय भएपनी कतिपय वडामा सर्वसम्मत भइ उम्मेदवारको टुङ्गो लागेको छ।

बुद्धशान्ती ६ मा वडासभापति शिवराज पौडेल सर्वसम्मत भएका छन् भने वडा नम्बर ७ ले उम्मेदवार टुङ्गो लगाउन सकेन।
बुद्धशान्ती १ बाट मिनकुमार नेवार ,हेमन्त बराल र लक्ष्मी श्रेष्ठ प्रसाईंको नाम सिफारिस भएको छ भने वडा २ बाट डिल्ली ओलि, दुर्गा कुइकेल र नेत्रा बजगाईको नाम सिफारिस भएको छ।

त्यस्तै बुद्धशान्ति ३ बाट इश्वरिराज ढकाल, प्रकाश बास्कोटा र मुना भट्टराईको नाम सिफारिस भएको छ भने बुद्धशान्ती ४ बाट चेतन ढुङ्गेल, शेरबहादुर राय र रत्नकला पराजुलीको नाम निर्वाचनबाट सिफारिसमा परेको छ।

बुद्धशान्ती ५ भने १२ जना आकांक्षी रहेकाले भोलि छलफल वा निर्वाचन गरि अन्तिम नामवली तय हुने सोही वडाका सभापति नारायण दाहालले जानकारी दिए।

सर्वसम्मत भएका वडा बाहेकका नामवली क्षेत्र र गाउँ समिती बसि टुङ्गो लाग्ने नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँ समिति सचिव मदन मगरले जानकारी दिएका छन्।

त्यस्तै पालिका अध्यक्षमा बर्तमान सभापति चक्र शेर्मा, गाउँपालिका अध्य्क्ष रमेशकुमार भुजेल,खड्ग सुब्बा,मनोज प्रसाईं र लय भण्डारी आकांक्षी रहेका छन्।

पालिका उपाध्यक्ष पदका लागि चन्द्रकला भट्टराई,ज्ञानु थापा,गिता ढुंगाना, गायत्रा भट्टराई र बिष्णु मैनाली उप्रेतीको नाम रहेको सचिव मगरले बताएका छन् ।

भोलि शनिबार निर्वाचन गरि अध्यक्ष र उपाध्यक्षका २-२जनाको नाम जिल्ला समिति समक्ष सिफारिस गर्ने समेत उनले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *