पालिका सन्देश । बुुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा कडा प्रतिस्पर्दा देखिएको छ । नेपाली काँगे्रस र नेकपा एमालेका उम्मेद्वार बिच कडा प्रतिस्पर्दा देखिएको हो ।
नेपााली काँग्रेसबाट वडाध्यक्षमा ईश्वरीराज ढकाल र नेकपा एमालेबाट पर्शुराम चेम्जोङ प्रतिस्पर्धामा छन् । केहीसमय अघिको मत परिणाम अनुसार ढकाल थोरै मतले अघि छन् । उनलाई चेम्जोङले पछ्याई रहेका छन् ।
वडा नम्बर ३ मा ७ हजार ४ सय ६८ मतदाता रहेकामा ५ हजार १ सय ३४ मत खसेको थियो । जसमा ३ हजार ४५ मत गणना भईसकेको छ । ढकालले ११२० मत ल्याएका छन् भने चेम्जोङले १०७० मत ल्याएका छन् ।