बुद्ध आदर्श माविले पूर्नमिलन कार्यक्रमको आयोजना गर्ने

बुद्धशान्ति (पालिका सन्देश) । बुद्ध आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति–१, झापाले पूर्नमिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । विद्यालयले आगामी फागुन ११ र १२ गते आफ्नै विद्यालयको प्राङ्गणमा बिद्यार्थी, शिक्षक तथा सरोकारवाला अग्रजहरूको पूर्नमिलन कार्यक्रमको आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन मार्फत जनाएको छ ।


उक्त कार्यक्रमका लागि विभिन्न ६ वटा उपसमितिहरु पनि निर्माण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीले बताएका छन् । जसमा अतिथि सम्मान उपसमिति, तथ्यांक उपसमिति, मञ्च तथा चिया नस्ता उपसमिति, साहित्य उपसमिति, प्रचारप्रसार उपसमिति र विद्यार्थी परिचालन उपसमिति रहेका छन् । उपसमितिले आफ्नो जिम्मेवारीमा काम गर्ने अध्यक्ष तिवारीले बताएका छन् ।

EPIC EPIC EPIC


बिसं २०१७ सालदेखि हालसम्मका विद्यालय सञ्चालन समिति, व्यवस्थापन समितिमा रही काम गरेका ७५ बर्ष माथिका महिला अग्रज तथा ८० बर्ष माथिका अग्रजहरुलाई सम्मान समेत गरिने कार्यक्रम संयोजक एवम् पूर्व प्रधानाध्यापक धनबहादुर श्रेष्ठले बताएका छन् । उनले विद्यालयको स्थापनाकाल देखि हालसम्म दिवंगत हुनुभएका अग्रजहरुलाई स्मरण गर्दै निजको परिवार सदस्यलाई पनि सम्मान गर्ने बताएका छन् ।


साथै विद्यालयको स्थापनाकालदेखि हाल सम्मका विद्यालयका साहित्यकारहरुको साहित्य गोष्ठी समेत गरिने साहित्यक उपसमितिका संयोजक टंक काफ्ले बिकल्पले बताएका छन् । उनले दुवै दिन आधा आधा गरी कार्यक्रम गरिने बताए ।


कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न र पूर्व विद्यार्थीहरुलाई सकेसम्म सवैलाई समेट्न डिजिटल माध्यमका साथै फोन, म्यासेज, पत्राचार, पत्रकार सम्मेलन, पत्रपत्रिका, अनलाइन तथा सामाजिक सञ्जालबाट तीब्र रुपमा प्रचारप्रसार गरी दुईहजार बढी विद्यालयमा सरोकार राख्ने व्यक्ति तथा विद्याथीहरुको सहभागी गराउने लक्ष्य राखिएको प्रचार प्रसार उपसमितिका संयोजक मनेष दाहालले पालिका सन्देशलाई बताएका छन् ।


२०१७ सालमा स्थापना भएको यस विद्यालयमा हाल १६०० विद्यार्थी अध्ययन्रत छन् । ११ र १२ तर्फ मानविकी, शिक्षा, व्यवस्थापन र विज्ञान संकायमा पठनपाठन भईरहेको छ । २०७५ सालमा देशभरीका नमुना विद्यालयको रुपमा समेत छनोट भएको यस विद्यालयले गर्ने पूर्नमिलन कार्यक्रममा करिव ४ लाख खर्च हुने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, पूर्व प्रधानाध्यापक, शिक्षक तथा सारेकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मी न्यौपानेले गरेकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *