बुधबारेमा एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

बुधबारे । स्थानीय तहको निर्वाचन नजिकिए संंगै निर्वाचनमा महिला, दलित तथा सिमान्तकृत समुदायको क्षमता अभिवृद्धि गर्ने, बुझाईको दायरालाई फराकीलो पार्ने र निर्वाचन मार्फत सो समुदायको प्रतिनिधीत्व बढाउन सो समुदायको क्षमता विकासको लागि एकदिने सचेतना मुलक तालिम झापाको बुद्धशान्ति गाउँपालिकामा सम्पन्न भएको छ ।

No description available.

३० जना महिलाहरु उपस्थित रहेको एकदिने कार्यक्रममा विषेसगरी निर्वाचनमा महिला, दलित तथा सिमान्तकृत समुदायको भुमिका, लैङिक तथा सामाजिक समावेशिकरण, निर्वाचन शिक्षा, नमुना मतदान, नेतृत्व विकास लगायतको विषयमा सहजिकरण गरीएको थियो ।

EPIC EPIC EPIC

नेपालको संविधानले निर्दिष्ट गरेको समावेशि र समतामुलक समाज निर्माण गर्ने संकल्प पुरा गर्नको लागि मुलप्रवाहामा आवद्ध हुन नसकेका वर्ग तथा समुदायको निर्वाचन मार्फत अर्थपुर्ण सहभागिता गराई निर्णयक तहसम्म उनिहरुको पहुच पु¥याई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं नागरीक अधिकार सहितको सम्मानजनक जिवनयापनको अधिकारलाई संरक्षण र प्रवद्धन गर्न यस कार्यक्रमले महत्वपुर्ण भुमीका खेल्ने अपेक्षा रहेको कुरा कार्यक्रम सहजकर्ता तारादेवी अधिकारीले वताउनु भएको छ ।

 

कार्यक्रम यू।यन।डि।पी, यू।यन। उमन, निर्वाचन आयोग नेपाल को सहयोगमा एक्टिभ नेपाल विराटनगरले आयोजना गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *