बुधबारेमा हाउजीः भोलि अन्तिम दिन, हाउसफुल बिजेतालाई बुलेट बाइक पुरस्कार

बुधबारे । आदर्श यूवा क्लब बुद्धशान्तिद्धारा आयोजना भइरहेको हाउजी खेलमा भोलि अन्तिम दिन विशेष पुरस्कार अन्तर्गत हाउसफुल बिजेतालाई बुलेट बाइक पुरस्कार दिइने भएको छ ।

क्लबका अध्यक्ष मात्रिका श्रेष्ठका अनुसार हाउजी खेलको समापन संगै अन्तिम दिन उक्त पुरस्कार राखिएको बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

क्लबद्धारा ३ दशक अघि देखि प्रत्येक वर्ष दशैंको घटस्थापनादेखि छठ पर्वसम्म हाउजी खेल संचालन गर्दै आएको छ । हाउजी खेल चाडवाडको बेलामा मनोरञ्जनको साथ साथै साथीभाइ भेटघाट गर्ने थलो समेत बनेको छ ।

प्रत्येक साँझ ७ बजेबाट सुरु हुने खेलमा झापाको बुद्धशान्ति, मेचिनगर, विर्तामोड, अर्जुुनधारा, इलामको रोङ तथा अन्य जिल्लाबाट समेत हजार बढी हाउजी खेलप्रेमीहरुको सहभागीता रहने गरेको क्लबका उपाध्यक्ष तथा हाउजी खेल संयोजक दिपक सुब्बा थेबेले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *