बुधबारे जेसिजद्वारा निशुल्क स्वास्थ्य शिविर,डेढसय बढि लाभान्वित

बुधबारे जेसिजको ‘जेसिज सप्ताह’ अन्तर्गत स्वास्थ्य शिविर संचालन भएको छ।
सिटि अस्पताल बुधबारे र नेशनल डेन्टल केयर बिर्तामोडको प्राविधिक सहयोगमा बुद्धशान्ति १ स्थित जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीमा शिविर सम्पन्न भएको हो।
बुधबारे जेसिजका उपाध्यक्ष जेसि कुशल अधिकारीको संयोजकत्वमा भएको शिविरमा १५० भन्दा बढिले सेवा लिएका छन् ।

बुधबारे जेसिसका अध्यक्ष मुकेश भट्टराईले उद्घाटन सत्रमा बोल्दै युवाले समाजका हरेक क्षेत्रमा नेतृत्व गर्नुपर्ने तर्फ औल्याएका थिए।
उनले भने,” सामाजिक राजनीतिक मात्रै नभै युवाले अव आम मानिसको स्वास्थ्यमा समेत ख्याल गर्नुपर्ने समय आएको छ,तपाईं हाम्रो स्वास्थ्य रहनुपर्छ भनेर नै हामिले यो निशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएका हौं”।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडा नम्बर १ का अध्यक्ष वाग्लेले आफ्नो वडाले चाडैं नै आफ्नै निजि भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न लागेको जानकारी दिएका थिए।
उनका अनुसार साउन तेश्रो हप्ताबाट वडा नम्बर १ को स्वास्थ्य इकाई भवनबाट सेवा प्रदान गर्ने तयारी भइरहेको छ।

EPIC EPIC EPIC

कार्यक्रमका अर्का वक्ता सिटि अस्पताल बुधबारेका संचालक निमा तामाङले बुधबारे जेसिजसँग सहकार्य गर्दै बुद्धशान्ति वासिलाई निशुल्क सेवा दिन पाँउदा आफुहरु उत्साहित भएको बताए।

स्वास्थ्य शिबिरमा अधिकांस दात समबन्धि समस्या लिएर बिरामिहरु आएको नेशनल डेण्टल केयर बिर्तामोडका नविन आचार्यले जानकारी दिए।

शिबिरमा बुधबारे जेसिजका पदाधिकारी,स्थानिय संघ- सस्थाका प्रतिनिधि,चिकित्सक,स्वास्थ्यकर्मी एव सेवाग्राहीको बाक्लो उपस्थिति थियो।

एक हप्तासम्म चल्ने बुधबारे जेसिसको ‘जेसिस सप्ताह’का मुल संयोजक जेसि रुद्र निरौलाले सबै क्षेत्र र बर्गलाई समेट्ने गरी कार्यक्रम तय गरिए बमोजिम कार्यक्रम सम्पन्न भएको बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *