Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजकाे `खासदिन जन्मदिन´ कार्यक्रम, तिम्सिनाको जन्मदिनमा हर्लिक्स प्रदान

बुधबारे । बुधबारे जेसीजकाे `खासदिन जन्मदिन´ कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिकाले अक्सिजन लगाउनुपर्ने कोभिड संक्रमितका लागि तयार गरेकाे आइसाेलेसनमा भर्ना हुने बिरामीका लागि हर्लिक्स प्रदान गरेको छ ।

बुधबारे जेसीजका सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा सोमबार गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्रेती, स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीकाे राेहबरमा आइसाेलेसन समितिलाई १७ थान हर्लिक्स हस्तान्तरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए ।

बुधबारे जेसीजका सदस्य उमेश तिम्सिनाकाे जन्मदिनको अवसर पारेर सो कार्यक्रम गरिएको बुधाबारे जेसीजका निबर्तमान अध्यक्ष नन्दकुमार याफू राईले बताए ।

जेसीज मानवताकाे सेवामा समर्पित संस्था भएकाले आफूहरूले सकेकाे याेगदान गरेकाे बुधबारे जेसीजका अध्यक्ष वाग्लेले बताए । हर्लिक्स ग्रहण गर्दै गाउँपालिका अध्यक्ष भुजेलले काेराेनाकाे जटिल समयमा जेसीजले गरेकाे कार्यको प्रशंसा गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *