Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजको अध्यक्षमा दुर्योधन(देव) सिंह

बुधबारे(पालिका सन्देश) । बुधबारे जेसीज बर्ष २०२४ का लागी नयाँ नेतृत्व चयन भएको छ । बर्ष २०२४ का लागी अध्यक्ष पदमा जेसी दुर्योधन (देव) सिंह चयन भएका छन् ।

महासचिवमा अध्यक्ष देवसिंहले जेसी गजुहाङ योङ्याङलाई मनोनित गरेका छन् । त्यस्तै कार्यकारीणी उपाध्यक्षमा जेसी कुशल अधिकारी, राज पौडेल चयन भएका छन् ।

उपाध्यक्षमा जेसी अच्यूत राज ढकाल, जेसी ख्याम नेपाल, जेसी सुरज दङ्गाल र मुकुन्द पौडेल सर्वसम्मत चयन भएका हुन् ।

जेसीजको बार्हौ साधारणसभाले उनीहरुलाई चयन गरिएको निर्वाचन आयुक्त मुकेश भट्टराईले बताएका छन् ।

बर्ष २०२३का अध्यक्ष अर्जुन ढकालको अध्यक्षता तथा उद्योग बाणिज्यसंघ बुद्धशान्तिका अध्यक्ष चन्द्र उप्रेतीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *