बुधबारे जेसीजको आयोजनामा विद्यालय व्यवस्थापनका चुनौतीबारे अभिमुखिकरण

पालिका सन्देश । बुधबारे जेसीजको सप्ताह अन्तरगत शनिवार बुद्धशान्ति गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा व्यवस्थापन समितिको उपस्थितिमा विद्यालय व्यवस्थापनका चुनौतीबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

EPIC

जेसीज सप्ताह अन्तर्गत सात दिन सात कार्यक्रम तय गरेको बुधबारे जेसीजले पहिलो दिन बुद्धशान्ति गाउँपालिका अन्तरगत रहेका आधारभूत तहका कक्षा ८ का विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएर सप्ताह शुरुवात गरेको थियो । त्यसैगरि शनिवार सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रका चुनौतीबारे अन्तरकृया गरेको हो । अन्तरकृयामा सहभागी विद्यालयलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

EPIC EPIC EPIC

बुद्धशान्ति गाउँपालिकाको सभाहलमा बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम संयोजक रुद्र निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने स्वागत मन्तव्य जेसी दुर्योधन सिंह देवले राखेको कार्यक्रममा महासचिव कुशल अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा बिभिन्न विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जेसीजका पूर्वअध्यक्ष, पदाधिकारी, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *