बुधबारे जेसीजको कार्यक्रम- नयाँ सदस्यलाई तालिम, युवालाई भालेजुधाई र होमस्टेको प्रमोशन

बुद्धशान्ति । बुधबारे जेसीजले आज माघ २ गते शुक्रबार जेसीजका नयाँ सदस्यहरुका लागि तालिम सम्पन्न गरेको छ । जेसीजमा आवद्ध जेसीहरुलाई जेसीज के हो ? र युवालाई जेसीजको आवश्यकता विषयक एक दिने तालिम सम्पन्न गरेको हो । बुधबारे जेसीजका सदस्य जेसी गोकुल पौड्यालको संयोजकत्वमा भएको तालिममा बुधबारे जेसीजका अध्यक्ष जेसी अनिल वाग्ले र बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी प्रकाश भण्डारीले तालिममा सहजिकरणको भूमिका निर्वाह गरेका थिए ।
पूर्व अध्यक्ष जेसी रमेश बराल र निर्वतमान अध्यक्ष जेसी नन्दकुमार यापूm राईको आतित्थता रहेको तालिममा दुई दर्जन बढी सदस्यले तालिममा सहभागिता जनाएका थिए । तालिमको सञ्चालन महासचिव जेसी सुजित बरालले गरेका थिए ।

EPIC
तालिमको सहजीकरण गर्दे बुधबारे जेसीजकाअध्यक्ष वाग्ले

‘भाले जुधाई’ खेलमा टेकेन प्रथम, गोकुल दोस्रो
परम्परागत खेललाई सम्झाउने र युवा पुस्तामा बढ्दो मोवाईलको प्रयोग न्युनिकरण गर्ने उद्धेश्यले बुधबारे सोही दिन भाले जुधाई कार्यक्रमको समेत आयोजना गरेको थियो ।
विद्यालय पढ्ने विद्यार्थी मोवाईलमा बढी व्यस्त भईरहेको सन्दर्भमा पुराना खेलले शारिरीक तथा मानसिक वृतिविकास हुन्छ भन्ने सन्देश दिन भाले जुधाई खेल आयोजना गरिएको अध्यक्ष जेसी अनिल वाग्लेले जनाएका छन् । जेसी टेकेट भट्टराईको संयोजकत्वमा भएको खेलमा टेकेन भट्टराई प्रथम र गोकुल पौडेल दोस्रो भएका छन् । जेसी नवराज कोइरालाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष जेसी अनिल वाग्ले, कार्यकारिणी उपाध्यक्ष जेसी कृष्ण ढकाल, उपाध्यक्ष जेसी विनोद रिजाल र उपाध्यक्ष जेसी रुद्र निरौलाले विजेता उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

EPIC EPIC EPIC
भाले जुधाई’ खेलमा बिजेतालाई पुरस्कार पश्चात सामुहिक तस्वीर लिदै


जेसीज युवाले सञ्चालन गरेको होमस्टेको प्रमोसन
बुधबारे जेसीजले बर्ष २०२१ मा जेसीज युवाहरुले सञ्चालन गरेको व्यवसायलाई प्रर्वद्धन गर्ने भएको छ ।
जेसीहरु व्यापारमा, जागिरमा र सफल हुनुपर्छ भन्ने मान्यतालाई सफल पार्न जेसी युवाहरुले गरेका कामको प्रचार गर्ने रणनिती बनाएको बुधबारे जेसीजका अध्यक्ष जेसी अनिल वाग्लेले बताएका छन् । सोहि अनुरुप जनवरी १५ देखि बुधबारे जेसीजले जेसीजमा लागेका युवाले सञ्चालन गरेको व्यवसाय प्रवद्र्धन गर्न सुरु गरेको छ ।
सोहि अनुरुप जेसी उमेश तिम्सिनाले बुधबारे बजारमा सञ्चालन गरेको सुविधा सम्पन्न ‘तेन्जिङ नोर्गे होमस्टे’ को प्रमोसन गरेको हो । सो प्रमोसन कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष जेसी अनिल वाग्ले, निर्वतमान अध्यक्ष जेसी नन्दकुमार याफू राई, पूर्व अध्यक्षहरु जेसी प्रकाश भण्डारी र जेसी रमेश बराल सहित ३५ बढी जेसीज सदस्यको उपस्थिति थियो । जेसी उमेश तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रम जेसी गोकुल पौडेलले सञ्चालन गरेका थिए ।

जेसीज युवाले सञ्चालन गरेको होमस्टेको प्रमोसनका लागि तस्वीर खिच्दै
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *