बुद्धशान्ति । बुधबारे जेसीजले शनिवार एक कार्यक्रमको आयोजना गरेर नयाँ बर्ष २०७९ सालको भित्तेपात्रो बिमोचन गर्दै सार्वजनिक गरेको छ। बुधबारे जेसीज बर्ष २०२२ का पदाधिकारी एवम् पूर्वाध्यक्षहरुले संयुक्त रुपमा भित्ते पात्रो सार्वजनिक गरेका हुन्।
बुधबारेमा संचालन हुन लागेको चखेवा होटलमा भएको कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराई, निवर्तमान अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्षहरु सेमन्त पोख्रेल, रमेश बराल, हेमन्त बराल र नन्दु याफु राइले बर्षको शुभकामना मन्तव्य समेत राखेका थिए।
शुभकामना मन्तव्य राख्दै अध्यक्ष मुकेश भट्टराईले नयाँ सालमा सबै जेसीज सदस्यहरुमा नयाँ सोचका साथ अघि बढ्दै सामाजिक रुपमा उदाहरणिय बन्न अनुरोध गरेका थिए।
बुधबारे जेसिजका अनिल घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा राज पौडेलले जेसीज आस्था पाठ बाचन गरेका थिए भने संचालन महासचिव अर्जुन ढकालले गरेका थिए।
सोही अवसरमा बुधबारे जेसिजले दास्रो बोडै बैठक बस्दै बर्ष २०२२ मा गरेका र आगामी दिनमा संचालन गरिने कार्यक्रमका बारे पनि छलफल गरेको थियो।