Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजको ‘मेरो पनि योगदान छ’ अभियानमा १ हजार ५ सय ईटा सहयोग

बुधबारे, बैशाख २२ । आप्mनै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा सहयोग जुट्न थालेको छ ।

बुद्धशान्ति– २ का युवा व्यवसायी सुजन भण्डारी र शिशिर श्रेष्ठले १ हजार ५ सय ईटा सहयोग गर्ने घोषणा गरेका छन् । युवाहरुको विश्वव्यापी संस्था जेसीजको भवन बन्ने भएपछि आपूmहरुले सहयोगको घोषणा गरेको सहयोगी भण्डारीले बताएका छन् ।

बुधबारे जेसीजको सचिवालय भवनको एक कार्यक्रमको आयोजना गरी बैशाख १६ गते शिलान्यास गरिएको थियो । ५० लाख रुपैँयाको अनुमानित लागतमा निर्माण सम्पन्न हुने तीनतले भवन निर्माणका बुद्धशान्ति – १ का शिक्षासेवी ज्ञानेन्द्रप्रसाद धिमिरेको परिवारले बुद्धशान्ति– १ को नमुना चोकमा १० धुर जग्गा निशुल्क प्रदान गरेको थियो । सोहि ठाउँमा भवन बन्न लागेको हो ।

बुधबारे जेसीजले भवन निर्माण कार्य पूरा गर्न ‘मेरो पनि योगदान छ’ कार्यक्रम ल्याएपछि भवन निर्माणका लागि सहयोगी हातहरु अधि बढ्न थालेका छन् ।

भवन सबैको साझा हुने हुँदा ‘मेरो पनि योगदान छ’ कार्यक्रम अनुसार सबैको अपनत्व हुने गरी भवन निर्माण कार्य सम्पन्न गरिने बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । सबैलाई भवन निर्माणमा सहयोग गर्न बुधबारे जेसीजले अपील समेत गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *