Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजको सचिवालय उद्घाटनसँगै स्वास्थ शिविर

add43da1 4378 400c 9930 dc4001dc7fd5

पालिका सन्देश/बुधबारे

बुधबारे जेसिजको बुद्धशान्ति १ स्थित नयाँ सचिवालय उद्घाटन भएको छ।
बुधबार बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानी खतिवडाले संयुक्त रुपमा शिलालेख अनावरण गरी सचिवालयको उद्घाटन गरेका हुन् ।

yyyy

छलिमाया घिमिरे स्मृति बुधबारे जेसीज सचिवालय उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बुधबारे जेसीजले रचनात्मक काम गर्दै संस्था पनि बलियो भएकोमा शुभकामना दिएका थिए।
उनले पालिका भित्रका हरेक संघ सस्थाका सत्कर्ममा पालिकाले निरन्तर सहयोग गर्ने समेत उल्लेख गरे।

59d47091 a55a 4610 967f 96b1c551a31f

बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराई, जग्गादाता ज्ञानेन्द्रप्रसाद घिमिरे, बिभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, उद्धाेग वाणिज्य संघका प्रतिनिधि लगायत बिभिन्न संघ सस्थाँका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति थियो।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षहरु अनुप सुनुवार, बिरबहादुर बेघा र भिम कुँवरको उपस्थिति रहेको कार्यक्रममा कार्यक्रम संयोजक दुर्योधन सिंहले स्वागत मन्तव्य राखेका थिए।

f7459cec 8e6e 4a27 a5bc 684abf0b151c

बुधबारे जेसीज सचिवालय निर्माण समितिका अध्यक्ष एवं पुर्वाध्यक्ष नन्दकुमार याफु राइले १ अंकबाट शुरु भएर सबैको साथ, सहयोग र हौसलाले बुधबारे जेसीजले नयाँ उचाई प्राप्त गर्न सफल भएको बताए।
उनले भवन निर्माणमा साथ सहयोग गर्ने सबै पक्षलाई सदैव सम्झिरहने उल्लेख गरे।

बुधबारे जेसीजका पुर्वाध्यक्ष अनिल वाग्लेले भवन निर्माण शुरु गर्दा सहयोग गर्ने तत्कालीन जनप्रतिनिधि, सम्पुर्ण सहयोगीहरु र बर्तमान गाउँ कार्यपालिका लगायत सबैको अपनत्व बोक्ने गरी जेसीज सचिवालय निर्माण भएको उल्लेख गरे।
त्यस्तै जग्गादाता ज्ञानेन्द्रप्रसाद घिमिरेले जेसीजलाई सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए।

ccccccc

बुधबारे जेसीजका लागी निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवारले छोटो समयमै भवन निर्माण सम्पन्न गरेकोमा बधाई दिदै बुधबारे जेसीज अब परिपक्व युवा भएको जिकिर गरेका थिए।

कार्यक्रमका सभापति एवं बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालले झोलाबाट शुरु भएको जेसीज भवन सम्म आइपुग्दा लामा उतारचढाव पार गरेको बताए।

“झोलाबाट डेरा हुँदै आफ्नै घरसम्म आइपुग्दा सहयोग गर्ने सम्पुर्ण व्यक्ति, संघ संस्था, नेपाल जेसीज, राष्ट्रिय पदाधिकारीहरु, पुर्वाध्यक्षहरु, जेसीज सदस्यहरु र स्थानीय निकायलाई बिशेष रुपमा सम्झन चाहान्छु” उनले भने।
अध्यक्ष ढकालले आगामी दिनमा पनि जेसीहरुको ब्यक्तिगत विकास र मानवताको सेवामा निरन्तर लागिरहने समेत उल्लेख गरे।

8f75bbd1 0fee 4460 ab47 43abd7079699

स्वर्गीय छलिमाया घिमिरेको स्मृतिमा निर्मित बुधबारे जेसीज सचिवालय उद्घाटन सँगै निशुल्क स्वास्थ्य शिविर समेत संचालन गरिएको थियो।

शिविर संचालन गर्दा भएको व्यवस्थापकिय खर्च गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको निजि कोषबाट प्राप्त भएको महासचिव कुशल अधिकारीले जानकारी दिए।

शिविरमा २३७ जना बिमारीले सेवा लिएको समेत महासचिव अधिकारीले बताए।
बि एन्ड सी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच, हाडजोर्नी, जेनेरल फिजिसियन र बालरोगका चिकित्सकले सेवा प्रदान गरेका थिए।

कार्यक्रममा बुधबारे जेसीजका पदाधिकारीहरु, पुर्वाध्यक्षहरु क्रमशः सेमन्त पोखरेल, हेमन्त बराल, प्रकाश भण्डारी, नन्दकुमार याफु राई, अनिल वाग्ले, मानार्थ सदस्य दिपेन सिटौला लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन बुधबारे जेसीजका महासचिव कुशल अधिकारीले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *