बुधबारे जेसीजद्वारा उद्घोषण तथा प्रभावशालि भाषणकला तालिम सम्पन्न

बुधबारे (पालिका सन्देश) । बुधबारे जेसीजले क्षमता अभिबृद्धिका लागि एकदिने उद्घोषण तथा प्रभावशालि भाषणकला सम्बन्धी तालिम सम्पन्न गरेको छ । बुद्धशान्ति गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ६० जना भन्दा बढीलाई तालिम दिइएको हो ।

बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्क्ष मीरा भुर्तेलको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बुधबारे निर्वतमान अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्ष रमेश बराल, नन्दकुमार याफुराई, मानार्थ सदस्य दिपेन सिटौला लगायत जेसीजका पदाधिकारी, स्थानीय संघसंस्थाका पदाधिकारी, विद्यार्थी, राजनीतिकदलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

EPIC EPIC EPIC
No description available.

तालिममा नेपाल जेसीजका राष्टिय उपाध्क्ष दिपेन्द्र निरौलाले सहजिकरण गरेका थिए । उनले भाषणकला के हो ?, उद्घोण के हो ?,कसरी गरिन्छ ?जस्ता व्यक्तित्व बिकास सम्बन्धि प्रशिक्षण दिएका थिए । साथै नेपाल जेसीजका क्षेत्र क का तालिम संयोजकले समेत सहभागिलाई प्रशिक्षण गराएका थिए । कार्यक्रममा तालिम संयोजक सुजित बरालले स्वागत, उपाध्यक्ष बिष्णुप्रसाद लामिछानेले आस्था पाठ गरेका थिए ।

No description available.

कार्यकारिणी उपाध्यक्ष सुजिल बरालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालज महासचिव अर्जुन ढकालले गरेका थिए । आफ्ना सदस्यहरुको क्षमताको विकासको लागि प्रभावकारी तालिमहरुको आयोजना गर्ने क्रममा शनिवार एक दिने तालिमको आयोजना गरिएको थियो । तालिम पश्चात सहभागिलाई प्रमाणत्र समेत वितरण गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *