बुधबारे (पालिका सन्देश) । बुधबारे जेसीजले ट्राफिक प्रहरी कार्यालय बुधबारेको सहकार्यमा बुधबारे चोकमा सडक सुरक्षामा नयाँपनको थालनी गरेको छ।
बढ्दो यातायातका साधनले जोखिम बढाउन सक्ने संभावना बढ्दै गएपछि सडकमा हिड्ने पैदल यात्रु र सवारी साधनको सुरक्षाका लागि बुधबारे जेसीजले ट्राफिक प्रहरीको सहकार्यमा बुधबारे चोकमा ट्राफिक प्रहरीको डमी बनाएर राखेको छ। सडकमा गुड्ने सवारी साधनलाई सडकमा सुरक्षा र सजगता अपनाउन घच्घच्याइ रहोस भनेर चोकमा ट्राफिक प्रहरीको डमी साथै चेतनामुलक पमप्लेट समेत बिभिन्न स्थानमा बनाएर राखेको बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईले बताएका छन् ।

झट्ट हेर्दा ट्राफिक प्रहरी नै बसे जस्तो देखिने उक्त डमीले सडकमा गुड्ने सवारी साधान र तिनमा सवार यात्रुका साथै नागरिकहरुको पनि सम्मान र सुरक्षामा ट्राफिक तैनाथ रहन्छ भन्ने सन्देश दिने ट्राफिक प्रहरी कार्यालय बुधबारेका इन्चार्ज राजकुमार चौधरीले बताए ।
बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको अध्यक्षता तथा ट्राफिक प्रहरी कार्यालय बुधबारेका इन्चार्ज राजकुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, प्रकाश भण्डारी, नन्दकुमार याफु राई लगायत जेसीजका पदाधिकारीको सहभागिता रहेको थियो ।
जेसी मनोज कडरियाको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालज महासचिव अर्जुन ढकालले गरेका थिए । बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईले पदभार गरेयता आधादर्जन सामाजिक क्रियाकलाप गरिसकेको छ ।





















