Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजले दुई एनजिओसँग मिलेर सामाजिक गतिविधि गर्ने

  • बुधबारे जेसीजले वर्ष २०२१ मा व्यक्तिगत तथा सामाजिक कार्य गर्न दुईबटा एनजिओसँग सहकार्य गर्ने भएको छ ।
  • सिम्रिक फाउन्डेशनले सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्रमा बुधबारे जेसीजसँग सम्झौता गरेको हो ।
  • कानूनी सहायता नेपालले कानूनी सचेतनाका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको हो ।
  • बुधबारे जेसीजले सन् २०२१ को सुरुवाती चरणको करिब एक महिनाको अवधिमा करीव २० कार्यक्रम सम्पन्न गरिसकेको छ ।

बुधबारे, माघ २५ । बुधबारे जेसीजले वर्ष २०२१ मा व्यक्तिगत तथा सामाजिक कार्य गर्न दुईबटा एनजिओसँग सहकार्य गर्ने भएको छ । काठमाडौंमा रहेको कानूनी सहायता नेपाल र काठमाडौंमा नै रहेको सिम्रिक फाउन्डेशन नेपालसँग बुधबारे जेसीजले सहकार्यमा कार्यक्रम गर्ने सम्झौता गरेको छ ।

बुधबारे जेसीजका तर्फबाट अध्यक्ष अनिल वाग्ले र कानूनी सहायता नेपालका तर्फबाट उपाध्यक्ष राजकुमार प्याकुरेल तथा बुधबारे जेसीजका तर्फबाट अध्यक्ष अनिल वाग्ले र सिम्रिक फाउन्डेशन नेपालको तर्फबाट अध्यक्ष रिना खत्रीबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको हो ।

सिम्रिक फाउन्डेशनले सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्रमा बुधबारे जेसीजसँग सम्झौता गरेको हो भने कानूनी सहायता नेपालले कानूनी सचेतनाका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको हो । बुधबारे जेसीजका अध्यक्ष वाग्लेले जेसीज अन्तराष्ट्रिय नन पोलिटिकल युवाहरुको संस्था भएको बताउँदै सहकार्यमा गतिविधि गर्दा समाजमा प्रभावकारी कार्य र सन्देश जानेहुँदा सहकार्यको पाटोलाई महत्वमा राखेर प्रभावकारी गतिविधि गर्न एनजिओहरुसँग सम्झौता गरिएको बताएका छन् ।

स्थानीय सँघसंस्थासँगको सहकार्यसँगसँगै कार्यक्षेत्र भन्दा बाहिरका संघसंस्थासँग पनि सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बुधबारे जेसीजले सन् २०२१ को सुरुवाती चरणको करिब एक महिनाको अवधिमा करीव २० कार्यक्रम सम्पन्न गरिसकेको छ । बुधबारे जेसीज सन् २०१२ मा स्थापना भएको हो । पूर्वी नेपालमा रहेको यस संस्थाले पहिलो पटक एनजिओसँग सहकार्य गरेर सामाजिक कार्य गर्न लागेको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *