Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजले युवालाई दियाे ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम

बुद्धशान्ति । युवाहरुका लागि शनिबारदेखि आयोजना गरिएको व्यक्तित्व, नेतृत्व विकास तथा उद्घोषण तालिम सोमबार सम्पन्न गरिएको छ ।

बुधबारे जेसिजको आयोजना तथा परिवर्तनशील युवा क्लबको सहकार्यमा कार्यक्रम सन्चालन भएको हो । तीनदिन भएको तालिममा बुधबारे जेसिजका अध्यक्ष अनिल वाग्लेले सहजीकरण गरेका थिए ।

परिवर्तन युवा क्लबका अध्यक्ष तथा बुधबारे जेसिजका उपाध्यक्ष बिनोद रिजालको संयोजकत्वमा भएको समापन कार्यक्रममा बुधबारे जेसिजका अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्य रहेको थियो ।

उपाध्यक्ष रबिन आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन बुधबारे जेसिजका महासचिव सुजित बरालले गरेका थिए ।

कार्यक्रममा क्लबका सचीव तीर्थ तिम्सिना, बुधबारे जेसिजका सदस्य चन्द्र वाग्ले लगायतको आतिथ्यता रहेको थियो ।

तालिममा ३५ जना भन्दा बढीको सहभागीता रहेको थियो ।उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *