बुद्धशान्ति (पालिका सन्देश)– बुधवारे जेसीज २०२२ को अध्यक्षमा मुकेश भट्टराई निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न शाखाको १०औं बार्षिक साधारणसभाबाट भट्टराई अध्यक्षमा सर्वसम्वत चयन भएका हुन् ।
कार्यकारीणी उपाध्यक्षमा सुजित बराल, रुद्र निरौला चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा विष्णु लामिछाने, कुशल अधिकारी, राज पौडेल र विनोद लिम्बू निर्वाचित भएका छन् ।
२०२१ का अध्यक्ष अनिल वाग्लेको सभापतित्व, बुद्धशान्ति उद्योग बाणिज्यसंघका अध्यक्ष चन्द्र उप्रेतीको प्रमुख आतिथ्य तथा इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज निराजन कटुवालको बिशिस्ट आतिथ्य रहेको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष नन्दुयाफु राई, पुर्व अध्यक्षहरु प्रकाश भण्डारी, सेमन्त पोखरेल, हेमन्त बराल, रमेश बराल लगायतको सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।
अर्जुन ढकालको संयोजकत्वमा सम्पन्न साधारणसभामा दिपेन सिटौलाले जेसीज आस्था पाठ बाचन गरेका थिए भने सञ्चालन महासचिव सुजित बरालले गरेका थिए ।