Search
Close this search box.
Search
Close this search box.

बुवाको हत्या गरी जंगलमा लुकेर बसेर छोरा पक्राउ

इलाम। बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन्। इलामको माई नगरपालिका-१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।  

रामबहादुरलाई माई नगरपालिका-१० ढोडेनी जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए।

घरायसी विवादका क्रममा मा रामबहादुरले दिलबहादुरलाई चिर्पटले हिर्काएका थिए। गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *