बेलायतको संसद पुग्यो भारतको किसान आन्दोलन

काठमाडौं। भारतमा चलिरहेको किसान आन्दोलनबारे बेलायतको संसदमा प्रश्न उठेको छ। बेलायती संसदमा प्रश्न उठाउने सिख सांसद तनमनजीत सिंह रहेका छन्।

EPIC

तनमनजीत सिंहले संसदमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई भारतीय किसान आन्दोलन सम्बन्धी प्रश्न गरेका थिए। जब उक्त प्रश्नको जवाफ बेलायती प्रधानमन्त्री जोनसन दिंदै थिए, सबैले बुझे उनी उक्त मुद्दाबारे जानकार छैनन्।

बेलायती प्रधानमन्त्रीले तनमनजीत सिंहले उठाएको किसान आन्दोलनको मुद्दा भारत(पाकिस्तानबीचको मुद्दा भन्ने बुझे। त्यसपछि उनले उक्त मुद्दा दुवै देशको द्विपक्षीय छलफलबाट सुल्झाउनु पर्ने धारणा राखे।

भारतका किसान पछिल्लो दुई सातादेखि मोदी सरकारको नयाँ कृषि कानुनविरुद्ध सडकमा प्रदर्शन गरिरहेका छन्। नयाँ नीतिले किसानको हित नगर्ने उनीहरुले बताइरहेका छन्।

EPIC EPIC EPIC

तनमनजीत सिंहले बेलायती संसदमा मोदी सरकारको नीतिको आलोचना गरेका थिए। उनले भारतको नागरिकता संशोधन कानुनलाई पनि बेलायती संसदमा उठाएका थिए।

EPIC

“भारतको कयौं क्षेत्रमा र खासगरी पञ्जाबमा किसानहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरु माथि पानीको फोहोरा र असुर ग्यास प्रहार भएको दृश्य अत्याशलाग्दो छ। के हाम्रो चिन्ता बेलायती प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री समक्ष पुर्याउनु हुन्छ। उनले बुझ्नु पर्छ कि शान्तिपूर्ण प्रदर्शन सबैको मौलिक अधिकार हो,” तनमनजीत सिंहले बेलायती संसदमा भने।

त्यसपछि बेलायती प्रधानमन्त्री जोनसनले जवाफ दिए, “थाहै छ, भारत र पाकिस्तानबीच जो भइरहेको छ त्यो चिन्ताजनक छ। यो एक विवादित मुद्दा हो र दुवै सरकार मिलेर यसको समाधान निकाल्नु पर्छ।” प्रधानमन्त्रीको जवाफ सुनेपछि बेलायती सांसद तनमनजीत सिंह चकित परे।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar