Search
Close this search box.
Search
Close this search box.

बेलायतमा पुनः एक महिनाका लागि लकडाउन लागू 

एजेन्सी । बेलायतमा पुनः एक महिनाका लागि लकडाउन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा नआएपछि प्रधानमन्त्री बोरिस जोनसनले चार हप्ता लकडाउनको घोषणा गरेका हुन् ।

बेलायतमा दैनिक २० हजार भन्दा बढीमा कोरोना संक्रमण देखिन थालेपछि लकडाउन लागू गरिएको हो । आगामी डिसेम्बरसम्म अत्यावश्यक कामबाहेक घर बाहिर नजान सर्वसाधारणलाई सरकारले आग्रह गरेको छ ।

यस्तै रेष्टुराँ, जिमखाना र पबलगायत सर्वसाधारणको भीड हुने सेवा वन्द गरिएको छ । प्रधानमन्त्री जोनसनले पत्रकार सम्मेलन गरेर आवश्यक पसल, शिक्षण संस्था र खेलका प्रतियोगिताहरु भने जारी रहने बताए ।

क्रिसमसमा कोरोना फैलन नदिन सतर्कता अपनाएको उनको भनाइ छ । यसअघि मार्च २३ देखि जुलाइ ४ सम्म लकडाउन गरिएको थियो । कोरोनाका कारण मृत्यु हुनेको संख्यामा बेलायत पाँचौ राष्ट्र हो ।

बेलायतमा संक्रमितको संख्या १० लाख भन्दा बढी पुगेको छ । ४५ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा शनिबार २१ हजार ९ सय १५ जना संक्रमित थपिएका छन । ३ सय २६ जनाको ज्यान गएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *