Search
Close this search box.
Search
Close this search box.

बैतडीको बगाउँमा एक घर, एक धारा

बैतडी / जिल्लाको पाटन नगरपालिका ५ का बगाउँकी जानकी चन्दलाई सुख्खा समयमा पानीको जोहो गर्न निकै सकस हुन्थ्यो । तर यो वर्ष घरमै पानीको धारा बनेपछि उनी खुसी भएकी छिन् । उनले भनिन्, ‘हामीलाई गाउँमा खानेपानीको निकै समस्या थियो । यो वर्ष गाउँमा खानेपानी पुगेपछि हामी निकै खुसी भएका छौं ।’

वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका बगाउँका ४४ घरधुरी र एक विद्यालयमा खानेपानीको पहुँच पुगेको वडा सदस्य नरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनले भने, ‘गाउँमा खानेपानीको समस्या थियो । स्थानीयहरुको सक्रियता, नगरपालिका र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा हामीले खानेपानी योजना निर्माण सम्पन्न गरेका छौं ।’

३७ लाख ९२ हजारको लागतमा गाउँमा खानेपानी पुगेको ककरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दलबहादुर चन्दले जानकारी दिए । पाटन नगरपालिकाको २५ प्रतिशत, स्थानीय उपभोक्ताको २६ प्रतिशत र बाँकी ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको लागतमा खानेपानी योजना सम्पन्न भएको उनले बताए ।

खानेपानीका लागि टाढा टाढा जानुपर्ने बाध्यता हटेपछि आफूहरुलाई सजिलो भएको स्थानीय पार्वती चन्दले बताइन् । घरघरमा धारा भएपछि आफूहरु निकै खुसी भएको उनले बताइन् । उनले भनिन्, ‘हामीलाई खानेपानीको जोहो गर्न निकै समस्या हुने गरेको थियो । अहिले सजिलो भएको छ । अब तरकारी खेती गर्न समेत सहज हुनेछ ।’

वर्षौंदेखिको खानेपानीको समस्या समाधान भएपछि गाउँबासी खुसी भएका पाटन नगरपालिका ५ का वडा अध्यक्ष फुनिसिंह बोहराले बताए । उनले भने, ‘पाटन नगरपालिका वडा नं ५ का धेरै ठाउँमा खानेपानीको समस्या छ । एक गाउँको खानेपानीको समस्या समाधान भएको छ । खानेपानी योजना सम्पन्न भएपछि स्थानीय नागरिक खुसी भएका छन् ।’

ककरी खानेपानी तथा सरसफाइ आयोजनाको उद्दघाटन गर्दै नगरप्रमुख केशवबहादुर चन्दले नगरबासीहरुको खानेपानीमा पहुँच पु¥याउनका लागि पहल गरिरहेको बताए । नगर उपप्रमुख सरस्वती कोलीले यस्ता खालका योजना निर्माणले महिलाको घरायसी कार्यबोझमा कमी आउने बताइन् । उनले भनिन्, ‘टाढाबाट पानी ल्याउँदा महिलालाई थप बोझ थपिएको थियो,अब केही सहज हुन्छ।’ अन्नपूर्ण पोष्टमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *