बैशाख महिनामा झापामा ११ सयभन्दा बढीलाई नयाँ नागरिकता, राहदानीबाट मात्रै ९२ लाख बढी राजस्व

भद्रपुर। झापा जिल्ला प्रशासन कार्यालयले बैशाख महिनामा वंशजको आधारमा १,१३८ जनालाई नयाँ नागरिकता वितरण गरेको छ। यसबाहेक, वैवाहिक अंगीकृत नागरिकता ३९ जना र गैर आवासीय नेपाली (एनआरएन) नागरिकता ७ जनालाई प्रदान गरिएको छ।

एक महिनामा नागरिकताको प्रतिलिपि लिनेको संख्या १,०६० पुगेको छ भने ७३ जना नाबालकलाई परिपत्र वितरण गरिएको छ। कार्यालयले सोही अवधिमा १,७३३ वटा राहदानी वितरण गरेको छ भने १,७६३ वटा नयाँ राहदानीका लागि आवेदन संकलन गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार बैशाख महिनामा ३,८१३ जनाको राष्ट्रिय परिचयपत्र संकलन गरिएको छ भने ४,७४९ जनालाई वितरण गरिएको छ।

प्रशासन कार्यालयका अनुसार बैशाख महिनामा मात्र ९५ लाख २४ हजार ३२० रुपैयाँ राजस्व संकलन भएको छ। जसमध्ये राहदानी शुल्कबाट मात्रै ९२ लाख ८० हजार रुपैयाँ संकलन गरिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *