बोनम्यारो क्यान्सर रोगीलाई सहयोगी मनहरु नेपालको आर्थिक सहयोग

बुद्धशान्ति । सहयोगी मनहरु नेपालले झापा मेचीनगरका बोनम्यारो क्यान्सर रोगी नवीन फुयाँललाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

बोनम्यारो क्यान्सर रोगी मेचीनगर नगरपालिका वडा नं। ८ फुयाँलको घरमै पुगेर उनकी आमा सुमित्रा फुयाँललार्ई ९२ हजार २ सय ७३ रुपैयाँ हस्तान्तरण गरिएको सहयोगी मनहरु नेपालका महासचिव बिष्णु उप्रेतीले जानकारी दिए ।

EPIC EPIC EPIC

संस्थाका अध्यक्ष भिमप्रसाद आर्चाय र मेचीनगर ७ का वडाअध्यक्ष प्रल्लादओलीले सयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए । चेक प्रदान गर्दै वडाअध्यक्ष ओलीले विरामीको उपचारका लागि आफनो तर्फबाट हुने सम्पूर्ण सहयोग गर्ने आश्वसन दिएका छन् ।

आर्थिक अवस्था एकदमै कमजोर भएकाले छोराको उपचारमा समस्या झेल्दै आएका फुयाँल परिवारले सहयोगी मनहरु नेपाललाई धन्यवाद दिएका छन् । करिव ९ महिनादेखि बिरामी परेका फुयाँलको नेपालका बिभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि हाल भारतको गान्धी हस्पिटलमा उपचाररत रहेका छन् । उनको उपचारमा अनुमानित ३२ देखि ३५ लाख रुपैयाँ खर्च लाग्ने पारिवारिक स्रोतले जनाएको छ ।

alt

कार्यक्रममा संस्थाका महासचिव बिष्णु उप्रेतीले संस्थाको भावी कार्ययोजनाका बिषयमा प्रकाश पारेका थिए भने सस्थाका लेखा संयोजक पुष्षराज भट्टराईले सामाजिक सञ्जालबाट देश विदेशमा रहेका नेपालीहरुद्धारा संकलित रकम पारदर्शी रुपमा सम्बन्धित पक्षमा पुग्ने बताए ।

फुयाँलको उपचारमा सहयोग जुटाउने उदेश्यले स्थानीय उदयकमार भण्डारीको संयोजकत्वमा नवीन फुयाँल बचाउ अभियान समेत सञ्चालन गरी आर्थिक संकलिन गरिदै आएको छ । संयोजक भण्डारीले सहयोगी मनहरु नेपाललाई धन्यवाद दिदै साथमा लिएर आर्थिक संकलनमा अगाडी बढ्ने बताएका छन् ।

कार्यक्रममा संस्थाका सचिव खिना निरौला, कोषाध्यक्ष सन्ध्या खनाल, सदस्य सुजता गुरुङ्ग थापा मगर, जानुका बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *