मेचीनगर । झापा सुपर लिग(जेएसएल) का लागि बिर्तामोडको बोस्टन ब्लास्टर्स क्लबले करण केसीसहितका खेलाडीलाई मैदानमा उतार्ने भएको छ ।
मंगलबार ब्लास्टर्सले मेचीनगरको होटल मेची क्राउनमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका चर्चित खेलाडी करण केसीलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
आउदो बैशाख ३ गतेदेखि काँकरभिट्टा खेल मैदानमा सुरु हुने सो प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित ब्लास्टर्सले तयारी गरेको क्लबका टिम कोच विनित बाँस्तोलाले बताए ।
क्लबले मार्की खेलाडीको रुपमा समिर कार्की र आइकोनिक खेलाडीका रुपमा मिनास थापालाई टिममा अनुबन्ध गरेको उनले जानकारी दिए । टोलीको कप्तानी सुरज खड्काले सम्हाल्नेछन भने अन्य खेलाडीहरुमा अभि योङहाङ लिम्बू, अमन गोयल, अर्बिन क्षेत्री छन् ।
त्यस्तै वसन्त सिर्जन कोइराला, विवेक चिमरिया, विदान गोश्वामी, विपिन कार्की, दिपु भूजेल, नविन पाठक, राहुल पाठक, सरोज श्रेष्ठ, सिद्धार्थ कुमाल र सुनिल आचार्य ब्लास्टर्सबाट खेल्ने भएका छन् ।
तीन वर्षअघि बिर्तामोडमा स्थापना भएको बोस्टन क्रिकेट एकाडेमी हो । यसअघि विभिन्न प्रतियोगिताको उपाधि समेत हात पारिसकेको छ । क्लबले जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदान उतार्ने योजना रहेको अध्यक्ष सोवित बाँस्तोलाले बताए ।
कार्यक्रममा क्रिकेटका अग्रज नरेश श्रेष्ठ, जेएसएलका आयोजक हिमाल विक लगायतले बोलेका थिए ।
One Response
हार्दिक बधाई। छ टीम सहित आयोजक सबै लाई
उत्तरोंउत्तर प्रगति को कामना