Search
Close this search box.
Search
Close this search box.

ब्राउन सुगरसहित अर्जुनधारा र बुद्धशान्तिका युवा पक्राउ

झापा । प्रतिबन्धित ब्राउन सुगरसहित दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो बिर्तामोड वडा नं. ५ बिहानी टोलबाट प्र. १-०१-०१३ प २७०१ नं. को मोटरसाईकलसहित अर्जुनधारा ६ बस्ने २५ वर्षिय आशिष थापालाई पक्राउ गरेको हो । उनको साथबाट ९.५ ग्राम ब्राउनसुगर बरामद गरिएको छ ।

त्यस्तै अर्जुनधारा ९ प्रणामी मन्दिर नजिकबाट मे ५ प ९२५६ नं. को मोटरसाईकलसहित बुद्धशान्ति २ बस्ने २२ वर्षिय प्रिन्स खनाललाई पक्राउ गरिएको छ । उनको साथबाट ३९ ग्राम ब्राउनसगुर बरामद गरी कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *