Search
Close this search box.
Search
Close this search box.

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

एमिली एटकिंसन —ब्राजिलको साओ पाउलोमा ६२ यात्रु सवार एक विमान दुर्घटना भएको छ। विमान रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । 

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ ।

EPIC EPIC

बीबीसीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार दुर्घटनामा कुनै यात्रुलाई जीवित उईार गर्न सकिएन । आवासीय भवनको कम्पाउन्डमा जहाज खसेको र स्थानीय पनि कोही घाइते नभएको रिपोर्ट आइरहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोअनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै दुर्घटना भएको छ ।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन्। विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन । दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *